बुद्ध एयरले तीनवटा जहाज थप्ने
काठमाडौं – बुद्ध एयरले तीनवटा जहाज थप्ने तयारी गरेको छ । बुद्धले ७२ सिट क्षमताका तीन एटिआर ल्याउने तयारी गरेको हो । निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी बुद्ध एयर क्षमता विस्तारमा आक्रामक रुपले लागेको छ ।तीनवटा नयाँ विमान थपेर बुद्ध एयरले आफ्नो व्यवसायलाई तीव्रता दिन लागेको हो । बुद्ध एयरले ७२ सिट क्षमताका जहाज भित्र्याउने गरी तयारी अघि बढाएको छ ।
निजी क्षेत्रका अन्य विमान कम्पनीले विमान थपेर आक्रामक व्यवसाय गर्न थालेपछि बुद्ध एयरले पनि तीनवटा जहाज थप गर्न लागेको हो । कम्पनीले यो चरणमा ल्याउन लागेको तीनमध्ये पहिलो जहाज अबको ६ महिना भित्रमा ल्याइसक्ने तयारी छ । त्यसलगत्तै अन्य जहाज पनि ल्याउने कम्पनीले जनाएको छ ।
कम्पनीले करिब एक अर्ब रुपैयाँमा तीन वटा जहाज भित्र्याउने तयारी गरेको हो । बुद्धले जहाज ल्याउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दुई महिना अघि नै स्वीकृति पाइसकेको छ । ती जहाजहरु काठमाडौं बाहिरका उडान गरिनेछ । हाल कम्पनीसँग भएको ९ वटा एटिआरले काठमाडौं ’बेस’ राखेर उडान गर्दै आएका छन् । यस्तै दुईवटा जहाज भने विराटनगर बेस राखेर उडाउँदै आएको कम्पनीले जनाएको छ ।
October 28, 2018 1:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’