प्रचण्ड भन्छन्-नेकपाको चियापानमा प्रधानमन्त्री ओलीलाई हामीले नै आउन दिएनौं
काठमाडौं, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई आफूहरुले नै नेकपाको शनिबार सम्पन्न चियापानमा नआउन सुझाव दिएको बताएका छन् । भरतपुर महानगरपालिकाद्वारा चितवनमा आयेजित आयोजनाहरुको घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा केही समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई चियापानमा नआउन सुझाएको बताए ।
उनले भने, ‘शनिवार नेकपाको चियापानमा हामीले नै प्रधानमन्त्री ओलीलाई नआउँन भनेका हौं, धुलो धुवाँले थप समस्या ल्याउन सक्छ भनेर,’ चियापान सकिएलगत्तै आफू प्रधानमन्त्री ओलीलाई भेट्न गएको प्रचण्डले बताए ।साथै उनले प्रधानमन्त्री ओलीसँगको छलफलपछि चितवनमा सीटि हल निर्माण र क्रिकेट मैदान बनाउनेबारे घोषणा गरे । ‘ चितवनमा सिटीहल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने हो तपाईले घोषणा गर्नुस् भन्नु भएको छ, प्रधानमन्त्रीले’ प्रचण्डले भने ।
October 28, 2018 4:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’