Saturday 4th April 2026

पुलमा ठोक्कियो एम्बुलेन्स, चालकको ज्यान गयो

8 years अगाडी

धनुषा – धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक रायको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ढल्केवरको पूर्व बसही खोलाको पुलमा पूर्वबाट पश्चिम आउँदै गरेको ज १ च १२०५ नम्बरको दनुवार जागरण सेवा समितिको एम्बुलेन्स तीव्र गतिका कारण पुलको छेउमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

          June 16, 2018 1:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...