काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता
काठमाडौँ । आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन्।सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराउनुभएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम उपयुक्त आदेश गराइपाऊँ भन्दै पुनरावेदन दर्ता गरेको आयोगले जनाएको छ।
पुनरावेदनमा सङ्ग्रौलाले मुख्यसचिव पौडेलसमक्ष विसं २०७५ असोज १७ गते सूचना पाऊँ भनी निवेदन दर्ता गराई पटक–पटक सूचना माग गर्न जाँदा बेवास्ता गरी सूचना नदिएको र सूचना नदिनुपर्ने लिखित कारण पनि नदिएकाले नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम पुनरावेदन पेश गरेको बताए। सूचनाको हकसम्बन्धी ऐनअनुसार कुनै कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएमा, सूचना दिन नमिल्ने स्पष्ट कारण पनि नदिएमा त्यस्ता कार्यालय प्रमुखविरुद्ध आयोगमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ।
पुनरावेदनको कारवाही र किनारा गर्दा आयोगले सम्बन्धित कार्यालय प्रमुख वा सूचना अधिकारीलाई आयोगमा उपस्थित गराई बयान गराउन, कुनै लिखत पेश गर्न लगाउनसक्ने प्रावधान छ। सङ्ग्रौलाले नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनको सन्दर्भमा गठन गरेको संसदीय समितिको गठन मिति, सङ्ख्या र गठन गर्दा लिएको आधारको प्रमाणी प्रतिलिपि, काङ्ग्रेस संसदीय समितिको बैठक हालसम्म कुन–कुन मितिमा कति पटक बसेको थियो र के–के निर्णय भएको थियो सो माइन्युटको प्रमाणित प्रतिलिपि काङ्ग्रेस संसदीय समितिले उम्मेदवार छनोट गर्दा लिएका आधार, अपनाइका प्रक्रियासहितको उम्मेदवारको नामावली माग गरेका थिए। रासस
October 30, 2018 11:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’