भवन निर्माणमा लापरबाही : नगरपालिकाले भत्कायो विद्यालय भवन
पर्वत, १३ कात्तिक । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ ।
भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ । भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान भत्काइएको छ ।भवनको ढलान गर्ने क्रममा टेका क्रस नभएको, जग कमजोर भएको, तोकिएको मापदण्डअनुसार रड प्रयोग नगरिएका कारण ढलानमा लापर्बाही भएको भन्दै स्थानीयवासीले नगरपालिकामा गुनासो गरेका थिए ।
अनुगमनमा गएका प्राविधिक दीपक थापाका अनुसार बिम, स्ल्याप, लेभल, थिकनेस मापदण्डअनुसार छैन । “यही कारण भत्काउनुपर्ने बाध्यता भएको हो”, थापाले भने, “कमजोरी ढलानमा पाएका छौँ ।” शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले आफूहरूले प्राविधिकसँग सहकार्य गरेर काम गर्न भने पनि त्यसअनुसार काम नगर्दा भवन निर्माण त्रूटी भएको बताए । “भवनको पिल्लर र बिमसमेत बाङ्गिएको पाएपछि हामीले काम रोक्नुहोस् भनेका हौँ”, उनले भने, “तर साँझमा हतारहतार ढलान गरेछन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नरोकेमा भुक्तानी नदिने बताउँदा समेत टेर्नुभएन ।”
तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतबाट भवन अनुदानअन्तर्गत रु ३६ लाखको लागतमा भवन निर्माण प्रारम्भ गरिएको थियो । निर्माणको ठेक्का तेह्रथुमका निर्माण व्यावसायी रामकुमार लिम्बूले लिएका थिए। विद्यालयका प्रधानाध्यापक खिमलाल गौतमका अनुसार भवन निर्माणका लागि आवश्यक कामदार र सबै सामग्री खरिद गर्ने गरी प्राप्त भएको कूल बजेट रु ३६ लाखमा ठेक्का सम्झौता भएको थियो ।निर्माणको जिम्मा लिएका लिम्बूले भने काम गर्ने क्रममा मिस्त्रीका कारण गल्ती भएको स्वीकार गरेका छन् । उनले सम्झौता भएको बजेटबाटै पुनः ढलान गरी तोकिएको मापदण्डअनुसार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
October 30, 2018 12:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’