

जान्नुहोस् , भगवान शिवले किन काटेका थिए आफ्नै पुत्र गणेशको शिर ?

एजेन्सी । गणेश शब्दको उत्पत्ति गण + ईश मिलेर बनेको हो ।जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी हुन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेशलाई मानिन्छ ।मंगलबार बिहानैदेखि भक्तजनहरु आफैले घरमा चोखो गरि तयार पारिएको २१ तथा १०८ वटा तिलको लड्डु र २१ सुते बत्ती बाल्ने प्रचलन छ ।लड्डु गणेश भगवानको सबैभन्दा मन पर्ने खाने कुरा हो । गणेश भगवानलाई प्रशन्न पार्न तिलको लड्डु, दुबो चढाउने प्रचलन छ । मनोकामना पूर्ण गरिदिने अर्थात गर्न लागेको एवम् गरी सकेका कार्य समेत सिद्ध हुने जनविश्वास रहि आएको छ ।
हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ । भगवान गणेशका पिता शंकर र माता पार्वती हुन् । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन् ।भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकामा राखि आफु भित्र बसिन् यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी थिइन् ।
तर, माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे । बाहिरबाट कोही आएमा भित्र प्रवेश गर्न न दिने भए यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेन ।अन्तमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालकको शिर काटेर अलग गरी भित्र प्रवेस गरे । भित्र गएर माता पार्वती सँग भने ‘आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ ।
यसो सुनेर माता पार्ववी त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन् । यो देखेर भगवान शिवलाई पनि दुस्ख लाग्यो उनले भगवान बिष्णुलाई भने ‘मैले बालकको टाउको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ ।’यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको लिएर आए । त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाइदिए । त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो । पछि उनै बालकको नाम गणेश रहन गएको हो ।
October 30, 2018 12:15 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

