जानै पर्ने,तपाईंका यस्ता बानी छन् भने छिट्टै धनी बन्नेहुनेछ !
समाजमा कोही धनी हुन्छ त कोही गरिब । कसैको काम सफल भैरहेको हुन्छ भने कसैको असफल भैरहेको हुन्छ। यसमा स्वयम् व्यक्तिको पनि हात हुन्छ व्यक्तिको बानी कस्तो छ, त्यही अनुसार उसले जीवनमा सफलता या असफलता पाउँछ । धनी या गरिब बन्नुमा पनि मानिसको बानीले प्रभाव पार्छ ।
मानिस सफल बन्न र धनी बन्नको लागि अगाडी बढ्ने चाहना राख्नुपर्छ । यदि तपाईंमा अगाडी बढ्ने चाहना छ र नयाँ कुरा सिक्ने बानी, आफ्नो गल्तीलाई सुधार्दै र विगतलाई स्वीकार्दै हिंड्ने बानी छ भने तपाईं सफल बन्न सक्नुहुन्छ । त्यस्ता व्यक्तिमा आफूले केही प्राप्त गर्ने राम्रो जीवनयापन गर्ने सपना, सुविधासम्पन्न जीवनशैलीको चाहना हुन्छ, जसले गर्दा उसले त्यो प्राप्त गर्न कडा मेहनत गर्छ ।
सफल र धनी बन्ने व्यक्तिले प्रत्स्पर्धा गर्छन् । उनीहरु हिजो भन्दा आज राम्रो गर्न चाहन्छन् र अरुले गर्ने भन्दा आफूले केही फरक गर्न चाहन्छन् । त्यस्ता व्यक्तिहरुमा जिद्दीपना पनि बढी हुन्छ ।जिद्दीपना बढी भएकै कारण उनीहरुले आफ्नो लक्ष्यबाट बाटो मोड्दैनन् र आफूले चाहेको कुरा प्राप्त गरेरै छोड्छन् । जिद्दीपनाले गर्दा नै उनीहरुले आफ्नो कामलाई प्राथमिकतामा राख्छन् । आफ्नो कामलाई प्राथमिकतामा राख्ने व्यक्ति सफल हुन्छ ।
सफल र धनी व्यक्तिहरु छिटो काम सक्न चाहन्छन् । उनीहरुले आफ्नो जीम्मेवारी लिन्छन् । त्यसैले उनीहरुले काममा केन्द्रित भएर र जिम्मेवारपूर्ण भएर काम गर्छन् । यसले गर्दा उनीहरुको काम समयमै सकिन्छ र उनीहरु अगाडी बढ्न समेत सक्छन् । मान्छे जति काम गर्यो , त्यति अगाडी बढ्न सक्छ ।सफल हुने व्यक्तिहरु कल्पनामा हराउँछन् । यसले गर्दा उनीहरुले आफ्नो वरिपरिको वातावरण भन्दा छुट्टै सोंच राख्ने क्षमता राख्छन् । त्यस्तै कल्पना गर्दा उनीहरुले आफूले सफलता हासिल गरेको, आफ्नो लक्ष्य पूरा भएको कल्पना देख्छन् । यसले गर्दा उनीहरुमा आफ्नो लक्ष्य प्राप्त गरिछाड्ने दृढता बढ्छ, उनीहरुले आफ्नो सपनालाई माया गर्न थाल्छन् र त्यसको लागि मेहनत गर्छन् ।
October 30, 2018 4:35 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :