गुस्तुङ पिक’ को सफल आरोहण
म्याग्दी, १४ कात्तिक धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो ।
आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस क्लाउडे, सुज्जल्थ फ्रेन्ससियोस, सोफी बेलियर र पाउल ग्रोवेल सहभागी थिए । आरोहण टोलीमा तीन नेपाली नागरिकसमेत सहभागि थिए । गत असोज अन्तिम साता हिमालतर्फ गएको टोली सफल आरोहण गरेर मङ्गलबार गुर्जा आइपुगेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
सात हजार १९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणका लागि गएका पाँच दक्षिण कोरियाली तथा चार नेपाली नागरिकको गत असोज २४ गते आधार शिविरमा ज्यान गएको थियो । गुर्जा पश्चिम हिमाल आरोहण गर्न गएको जापानी टोली भने आरोहण गर्न नसकेर फर्किएको छ
October 31, 2018 11:21 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’