Saturday 20th December 2025

मोडल वा अभिनेत्री होइन अरु नै बन्न चाहन्थिइन् ऐश्वर्या, सनसनी खुलासा

7 years अगाडी

मुम्बई। बिहीबार अर्थात १ नोभेम्बरमा ऐश्वर्या राय ४५ वर्षकी हुँदैछन्। योबीचमा ऐश्वर्या रायको जीवनमा यस्ता घटना पनि घटे जुन तपाइँहरुलाई थाहा नहुन पनि सक्छ। कलेज पढ्दा ऐश्वर्या फिजिक्सका शिक्षकलाई प्रभावित पार्न चाहन्थिइन्।किनभने ती शिक्षक अन्य शिक्षक भन्दा जवान थिए। आफ्ना साथीसँग जहिल्यै अन्तिम बेन्चमा बस्ने ऐश्वर्या फिजिक्सको लेक्चर्सको क्रममा भने पहिलो बेन्चमा बस्थिइन्। २००७ मा उनी क्लासमेट शिवानीले एक बेवसाइटलाई दिएको अन्तर्वातामा उक्त खुलासा गरेकी हुन्।

शिवानीले उक्त अन्तर्वातामा भनेकी थिइन्–म एक वर्षकालागि मुम्बईको जय हिन्द कलेजमा साइन्सकी विद्यार्थी थिएँ। ऐश्वर्या पछि भर्ना भएकी हुन्। त्यसअघि उनी के.सी कलेजमा पढ्थिइन्। के.सी मेरो कलेजभन्दा नजिकै थियो। मेरा कलेजका केटाहरु ऐश्वर्याको सुन्दरताले मोहित हुन्थे। ऐश्वर्यालाई हेर्न कलेजको गेटमा गएर उभिन्थे।शिवानीका अनुसार ऐश्वर्या र उनी प्राय रेलबाट कलेज जान्थे। ऐश्वर्या अन्तिम समयमा मात्रै कलेज पुग्थिइन् र साथीहरुसँग क्लासको अन्तिम बेन्चमा गएर बस्थिइन्।

शिवानीका अनुसार ऐश्वर्या कलेजमा सबै शिक्षककी प्रिय थिइन्। खासगरी फिजिक्सका शिक्षककालागि झन प्रिय थिइन्। उनैले कलेज म्यागेजीनकालागि फोटोशुट गराउन सल्लाह दिएका थिए। ऐश्वर्यालाई कलेजमा सबैभन्दा सुन्दर युवती भनिन्थ्यो। पछि उनले मिस वल्र्ड जितेर आफूलाई प्रमाणित पनि गरिन्।भारतीय संचारमाध्यमका अनुसार ऐश्वयाको चाहना आर्टिटेक्चरमा आफ्नो करियर बनाउने थियो। तर उनलाई मोडलिङमा अफर आउन थाल्यो र उनले आफ्नो उद्देश्य पनि परिवर्तन गरिन्।

ऐश्वर्याले १९९४ मा मिस इण्डिया प्रतियोगितामा भाग लिइन् र उनी सेकेण्ड रनरअप मात्र भइन्। सुस्मिता सेनले मिस इण्डियाको ताज आफ्नो नाम गरिन्। जबकि १९९४ मा ऐश्वर्या मिस वल्र्ड भइन् भने सुष्मिता सेनले मिस युनिभसको उपाधि आफ्नो नाममा पार्न सफल भइन्।कमैलाई मात्र थाहा होला की ऐश्वर्या राय यस्ती सेलेब्रिटी हुन् जो चर्चित टक शो ‘द ओप्रा विनफ्रे शो’ मा बलिउडबाट पुगेकी थिइन्। ऐश्वर्या राय भारतकी छैटौं र बलिउडकी दोस्रो हस्ती हुन्, जसको व्याक्स स्ट्याचू लन्डनको म्याडम तुसाद म्युनियममा राखिएको छ। यो लिस्टमा अमिताभ पहिलो बलिउड सेलेब्रिटी हुन्।

          October 31, 2018 11:24 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...