शाहरुख खानको त्यो व्यवहार, जसकारण गौरीले शाहरुख खानलाई छोडेकी थिइन्
एजेन्सी। शुक्रबार बलिउडका बादशाह शाहरुख खान आफ्नो ५३ औं जन्म दिन मनाइ रहेका छन्। किङ खानका नामबाट चर्चित शाहरुख धेरै युवतीको धडकन हुन्।शाहरुख खानले बलिउड फिल्म उद्योगलाई ९० भन्दा धेरै फिल्म दिइसकेका छन्। उनले धेरै जसो रोमान्टिक फिल्ममा नै अभियन गरेका छन्। व्यावशायिक जीवनको कुरा गर्दा शाहरुख खानले धेरै युवतीसँग रोमान्स गरेका छन्। तर निजी जीवनको कुरा गर्दा उनको मुटुमा एकमात्र युवतीले राज गर्ने गरेकी छन्, उनी हुन् शाहरुखकी पत्नी गौरी खान।
गौरीको सम्बन्ध त्यतिबेला शाहरुखसँग जोडिएको थियो जतिबेला उनको बलिउडमा खासै पहिचान थिएन। दुवैले प्रेम विवाह गरेका हुन्। धर्म अलग भएका कारण किंग खान र गौरीले धेरै समस्यासँग जुध्नुपर्यो। तर अन्तिममा उनीहरुबीच विवाह भएरै छाड्यो। विवाह भएको यत्तिका वर्षपछि पनि दुवैबीचको प्रेम यथावत नै छ। तर के तपाइँलाई थाहा छ, शाहरुख खानको एउटा हर्कतबाट आजित भएकी गौरीले उनलाई छोडेर हिँडेकी थिइन्।
१९९१ मा शाहरुख खानसँग विवाह गर्नुपूर्व गौरीको पूरा नाम गौरी छिब्बर थियो। गौरी दिल्ली युनिभर्सिटीको महिला श्रीराम कलेजमा अध्ययन गर्थिन्। यी दुवैको पहिलो भेट १९८४ मा एक पार्टीमा भएको थियो। त्यतिबेला शाहरुख खान मात्र १८ वर्षका थिए। शाहरुख पहिला गौरीप्रति निकै सकारात्मक थिए। उनलाई गौरीले अरु कुनै युवकसँग गफ गरेको तथा कलाप खुला राखेको मन पर्दैन थियो। यी कारणले गर्दा आजित भएकी गौरी शाहरुख खानलाई छोडेर एक दिन मुम्बई गइन्।तर, गौरीलाई आफू भन्दा धेरै माया गर्ने शाहरुख गौरीलाई फकाउन मुम्बई नै पुगे। शाहरुख खान आफूलाई फकाउन मुम्बई आएको देखेपछि गौरी निकै भावुक भइन्। र, उनीहरुले त्यति बेला विवाह गर्ने निधो गरेका थिए। उनीहरुले १९९१ मा विवाह गरेका थिए। अहिले उनीहरुका तीन सन्तान आर्यन, सुहाना र अबराम छन्।
November 2, 2018 11:09 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग