Monday 23rd March 2026

स्कुटरसहित हराएका युवकको शव पोखराको कालीखोलामा फेला

7 years अगाडी

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर २० भलामको कालीखोलामा आज एक युवकको शव फेला परेको छ। पोखरा- १६ दीप बस्ने २२ वर्षीय अमृत बास्तोला मृतावस्थामा भेटिएको प्रदेश प्रहरीले जनाएको छ। ग १० प ८५४३ नम्बरको स्कुटरसहित बुधबारदेखि उनी हराएको पारिवारिक स्रोतले जनाएको छ।
त्यस्तै गरी महोत्तरी जिल्लाका छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको ह।

उहाँका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव बरामद भएको हो। त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो।

त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ।

          November 2, 2018 11:12 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...