Monday 23rd March 2026

पब्लिक इनोभेटर ई.कँडेललाई माल्दिभ्सको राष्ट्रपतिकाे सपथ ग्रहणमा निमन्त्रणा

7 years अगाडी

काठमाडौं। पब्लिक इनोभेटर ई.दीपेन्द्र कँडेललाई माल्दिभ्सको राष्ट्रपतिकाे सपथ ग्रहणमा उपस्थित हुनको लागि निमन्त्रणा पठाइएको छ। माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपति इब्रहाइम मोहम्मद सल्लह र फैसले नसीमको सपथ ग्रहणमा उपस्थित हुनकोलागि पत्रमार्फत निमन्त्रणा प्राप्त भएको कँडेलले जानकारी दिएका छन्।

कँडेलका अनुसार यही अक्टोबर १७ तारिख ५ बजे माल्दिभ्सको माले शहरमा राष्ट्रपतिकाे सपथ ग्रहण हुन लागेको हो। उनले भने,‘राष्ट्रपतिकाे सपथ ग्रहणको समय आज भर्खर आएको पत्रअनुसार परिवर्तन भएको हो जुन यसअघि ११ अक्टोबर २०१८ को लागि तय भएको थियो।२९ सेप्टेम्बर २०१८ मा माल्दिभ्सको निर्वाचन आयोगले आधिकारिक रूपमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिह र फैसले नसीमलाई क्रमशः राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेको थियो।

          November 2, 2018 1:58 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...