म्युजिक भिडियोका चर्चित मोडल यशराज अब नयाँ चलचित्रमा
म्युजिक भिडियोमा एक समय राज गरेका मोडल हुन् यशराज गराच । उनले म्युजिक भिडियोसँगै झण्डै आधा दर्जन चलचित्रमासमेत काम गरिसकेका छन् उनै यसराज लामो समय पछि चलचित्र नगरीमा फर्किएका छन् ।
उनी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । दार्जलिङ बासोवास गर्दै आएका भास्कर प्रधानको निर्देशनमा बन्न लागेको चलचित्र ‘लभ यू हमेशा’मा अनुबन्ध भएका हुन् । म्युजिक भिडियोमा राम्रै सफलता हात पारे पनि यस अघि उनले अभिनय गरेका चलचित्रहरुले सामान्य व्यापार गरेका छन् ।
निर्देशक भास्कर प्रधानले दार्जलिङमा चलचित्र निर्माण गर्दे आएका छन् । प्रधानको पनि नेपाली चलचित्रमा भने डेब्यू नै हो । चलचित्रको छायांकन दार्जलिङका साथै नेपालका विभिन्न स्थानमा गरिने बताइएको छ ।
चलचित्र ‘लभ यू हमेशा’को छयांकन शिव ढकालले गर्ने बताइएको छ । चलचित्रका निम्ति अन्यकलाकारहरुको खोजि भइरहेको बुझिएको छ । केही नेपाली र केहि दार्जलिङकै कलाकारहरुलाई अनुबन्ध गर्ने तयारी भइरहेको छ । यस अघि यशराजले ‘उफ यो मन’ नामक चलचित्रमा काम गरेका थिए । चलचित्र ‘मायाको बारीमा’ काम गरे पछि यशराज दर्शकमाझ परिचित भएका थिए ।
November 4, 2018 12:11 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी