मेलम्ची आउन अझै दुई महिना
काठमाडौँ, १८ कात्तिक । मेलम्चीको पानी काठमाडौँ ल्याउन अझै दुई महिना लाग्न सक्ने अनुमान गरिएको छ । सुरुङको ब्रेकथ्रुपछि सुरुङ ढलान र प्लास्टरको काम (फिनिसिङ) अन्तिम हुन लागेकाले अझै दुई महिना लाग्ने अनुमान गरिएको हो । ढलान र प्लास्टर सकिएपछि मेलम्चीको पानी सुन्दरीजलसम्म आउने बाटो खुला हुनेछ ।मेलम्ची खानेपानी विकास समितिका अनुसार ढलान र प्लास्टर सम्पन्न गर्न अब ६.९ किलोमिटर बाँकी छ । दशैँपछि निर्माण कम्पनीले गति बढाएर हाल दैनिक दुई सय मिटरका दरले अन्तिम चरणको काम गरिरहेको छ । सोही गतिमा काम भए डेढ महिनाभित्र काम पूरा हुनसक्ने अनुमान गरिएको छ । ढलान र प्लास्टर सकिना साथ मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ ।
निर्माण कम्पनीले भेन्टिलेसनको कामको पनि तयारी गरेको छ । समितिका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार मेसिन लिएर ड्रिलका लागि मेसिन फिट गर्ने काम भएको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमा सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसन राखिने छ । सहज पानी बग्नका लागि सुरुङभित्रैबाट ड्रिल गरी माथि पहाडमा प्वाल पारिनेछ ।समितिका अनुसार मेलम्ची खोलामा बाँध बनाउने काम भने पछि गरिने भएको छ । हालका लागि पाइपबाट सुरुङमा पानी लगिने भएको छ । पानीको बहाव कम भएको बेला स्थायी डाइभर्सन निर्माण गरिनेछ । सुन्दरीजलमा आएको पानी प्रशोधन गरी वितरणका लागि संरचनाहरू तयारी भइसकेको मेलम्ची उपआयोजाना–२ ले जनाएको छ । दशैँ अगावै मेलम्चीको पानी आउने भनिए पनि फिनिसिङ नसकिँदा ढिलाइ भएको समितिको भनाइ छ । निर्माण कम्पनीले अक्टोबर १५ (असोज २९) गते काम सक्ने भने पनि अहिलेसम्म सकिएको छैन । गोरखापत्रमा खबर छ ।
November 4, 2018 12:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’