Saturday 20th December 2025

शारुखको खुलासा : “जीरो”मा पहिलो रोजाई सलमान खान थिए !

7 years अगाडी

काठमाण्डौ । बहुप्रतिक्षित चलचित्र ‘जीरो’ को ट्रेलर हिजो रिलिज भएको छ । सुपरस्टार शाहरुख खानको ५३ औं जन्मदिनमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । यसमा उनीसँगै अभिनेत्री कटरीना कैफ र अनुष्का शर्मा पनि प्रमुख भूमिकामा छन् ।

यस फिल्ममा सुपरस्टार सलमान खान केमियो रोलमा छन् ।‘जीरो’ का लागि पहिलो अप्रोच सलमानलाई गरिएको थियो । शाहरुख स्वयमले यो कुराको खुलासा ट्रेलर रिलिज कार्यक्रममा गरे । सारुखले भने, ‘सलमान ‘जीरो’ को हिस्सा बन्न चाहेका थिए किनकी पहिला बउआ सिंहको रोल उनलाई अफर गरिएको थियो । तर, केही कारणले सलमानले फिल्म गर्न सकेन ।’

सलमानलाई स्टोरी निकै मन परेपनि काम विशेषले गर्न नपाएको सारुखले बताए । उनी भन्छन् – ‘कथा निकै मन परेका कारण उनी कुनै न कुनै तरिकाबाट यसको हिस्सा बन्न चाहन्थे ।’ शाहरुखले फेरि भने, ‘फेरि सलमानले मलाई फोन गरेर भन्यो कि एक फिल्म छ त गर ।’ सलमान पनि आफ्नो खास साथीको फिल्मको प्रमोट गर्न कुनै कसुर बाँकी राख्दैनन् । फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।

          November 4, 2018 1:17 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...