Monday 23rd March 2026

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

7 years अगाडी

पोखरा । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्।प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन्।आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले जानकारी दिए।

नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको थियो। पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेको छ। भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले भने, “नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ।”

यसैबीच टोलीले पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्द ज्योति माविको स्थलगत अवलोकन भ्रमण गर्नुको साथै आर्थिक सहयोगसमेत गरेको छ। उक्त विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सहयोग दुई हजार पाँच सय अमेरिकी डलर टोलीले सहयोग गरेको हो। कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं सङ्घीय सभासद् खगराज अधिकारीले यस क्षेत्रमा भएको लेन सम्राटसहितको टोलीको भ्रमणले समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

          November 5, 2018 11:37 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...