Saturday 20th December 2025

यहाँ हुँदैछ रणवीर–दीपिकाको बिहे,हेर्नुहोस् इटलीको ‘लेक कोमो’को सुन्दरता

7 years अगाडी

एजेन्सी। बलिउडका २ स्टार रणवीर कपुर र दीपिका पादुकोण बिहेका लागि इटली पुगेका छन् । उनीहरुले यहाँ लेक कोमोको किनारमा बिहे गर्नेछन् । यो ताल आफ्नो सुन्दरताको लागि जति चर्चित छ त्यत्तिकै डेस्टिनेशन वेडिङको लागि पनि प्रसिद्ध छ । १४६ वर्ग किलोमिटरमा फैलिएको इटलीको तेस्रो ठूलो लेक कोमो १३०० फिट गहिरो छ ।

लेक कोमो एल्पस पहाडको फेदमा अवस्थित छ जहाँ हरेक वर्ष हजारौं पर्यटक आउँछन् । लेक कोमोको आधिकारिक वेबसाइटका अनुसार यहाँ अहिलेसम्म २५६ भीआइपी विवाह भइसकेका छन् । हलिउड अभिनेता टम क्रुज समेत कैयौं सेलिब्रेटीले यहाँ विवाह गरिसकेका छन् । यहाँ १५ वेडिङ प्लानर छन् जो विवाहलाई स्मरणीय बनाउँछन् । यसका अलावा यहाँ रहेका ५२ भिलामध्ये कुनै पनि रोज्न सकिन्छ ।

रोमनकालदेखि नै कोमो लेक विदा मनाउने गन्तव्यको रुपमा चर्चित छ । यहाँ कैयौं सुविधासम्पन्न भिला छन् जहाँ आएर पर्यटक बस्छन् । यहाँका भवनहरु गथिक आर्किटेक्चरबाट बनेका छन् । लेक कोमो पुग्नको लागि इटलीको शहर मिलान पुग्नुपर्छ । यहाँबाट ट्रेन वा सडकमार्गबाट लेक कोमो पुग्न सकिन्छ । लेक कोमो फेशनको राजधानी मिलानबाट ८५ किलोमिटर टाढा छ जहाँ जानको लागि मिलानबाट कैयौं सवारी साधन उपलब्ध छन् । मिलानबाट लेक कोमो पुग्न १ घण्टा ५ मिनेट लाग्छ ।

          November 11, 2018 11:45 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...