Monday 23rd March 2026

लिखु गाउँमा जङ्गली स्यालको आतङ्क, १५ जना बढी घाइते

7 years अगाडी

बेत्रावती । नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ। जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए।

बस्ती पसेको स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति थापामगर, सोनम थापामगर, गीता नेपाली र वडा नं ३ का भीम रिजाललाई टोकेको थियो।

घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार शनिबार साँझ नै लिखु गाउँपालिका वडा नं ४ चौघडा बजारमा पुगेको सोही स्यालले त्यहाँ पनि स्थानीय नौ जनालाई टोकेर घाइते बनाएको छ। बस्ती पसेको स्याल बौलाहा हुनसक्ने भएकाले त्यसको टोकाइबाट रेबिजलगायतका रोग सर्नसक्ने भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ।

          November 11, 2018 11:50 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...