प्रज्ञा प्रतिष्ठानहरुमा सरकारले विधान मिचेरै नियुक्ति
काठमाडौँ, २७ कात्तिक । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त रहेका पदमा विधान मिचेरै सरकारले नियुक्ति प्रक्रिया थालेपछि पद पाउन उम्मेद्वारको होडबाजी शुरु भएको छ।दसैंअघि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा गंगाप्रसाद उप्रेती र जगतप्रसाद उपाध्यायलाई सदस्य सचिवमा नियुक्त गरेपछि अन्य पदमा को को नियुक्त हुने भन्ने विषयमा होडबाजी भएको हो । उपाध्याय दुई कार्यकाल प्राज्ञ भइसकेका हुन् भने कुलपति उप्रेती पनि यसअघि प्रतिष्ठानका कुलपति नै थिए ।
दुईको नियुक्तिपछि फेरि पदावधि दोहोर्याउन अन्य पूर्वपदाधिकारीले प्रयास जारी राखेका छन् । विधानत तीन सदस्यीय विज्ञ समिति गठन गरेर नियुक्ति प्रक्रिया थाल्नुपर्ने भए पनि सरकारले सिधै उप्रेती र उपाध्यायको नियुक्ति दिएको छ।यही नजिरको फाइदा उठाउँदै पद नपाएकाहरू केही व्यक्ति नयाँले अवसर पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् । साहित्य, चित्रकारितालगायतका कार्यक्रममा निम्तो दिइए पनि ती कार्यक्रममा नजाने सर्जकहरू यतिबेला चाहिँ निम्तो नआएका साहित्यकार तथा कलाकारका जमघटमा पुग्न थालेका छन् । केही कलाकार तथा साहित्यकार योग्य व्यक्तिलाई मात्र नियुक्ति दिनुपर्ने भन्दै सरकारी कदमको विरोधमा छन्।
November 13, 2018 11:07 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’