सलमान खानले तारिफ गर्दा किन रोइन् कैटरिना कैफ?
एजेन्सी। कैटरिना कैफले आइतबार करन जोहरको कार्यक्रम ‘कफी विथ करन–६’ मा केही रमाइलो अनुभव शेयर गरिन्। कैटरिनाका अनुसार वरुण धवन र अर्जुन कपुर मिलेर कैटरिना विरुद्ध ‘आई हेट कैफ क्लब’ बनाएका थिए। कैटरिनासँगै आएका वरुणलाई यो विषयमा सोध्दा उनले आफूले कैटरिनालाई हेला नगरेको तर सलमान खानले कैटरिनालाई धेरै भाउ दिएका कारण आफूहरुले त्यस्तो क्लब बनाएको बताए।
वरुणका अनुसार जब सलमानको पहिलो सुपरहिट फिल्म ‘मैने प्यार किया’ रिलीज भयो त्यतिबेला अर्जुन कपुर बच्चै थिए। र सलमान उनलाई बारम्बार अटेंशन दिन्थे। उनीसँग समय बिताउँथे। तर जब सलमानको जीवनमा कैटरिनाको प्रवेश भयो त्यसपछि शुटिङमा जहाँ जाँदा पनि कैटरिनालाई साथमा लिएर जान्थे। कैटरिनालाई सलमानले धेरै अटेंशन दिएपछि वरुण र अर्जुन मिलेर ‘आई हेट कैफ क्लब’ बनाएका थिए।
सुरुमा अर्जुन र वरुणलाई कैटरिनाले खासै महत्व दिन्न थिइन्। कैटरिना दुवैलाई मुर्ख ठान्थिइन्।
उक्त कार्यक्रममा वरुयाले कैटरिनासँग फिल्म गर्दा आफूले सलमानसँग टिप्स मागेको बताएका थिए। उनले कैटसँग काम गर्दा के के कुरामा सावधानी अपनाउनुपर्छ भनेर सलमानलाई सोधेका थिए। योबीचमा करनले सलमानको एक भिडियो क्लिप देखाए।जसमा सलमानले कैटरिनाको काम र डांंसिङ स्किलको प्रसंशा गरेका थिए। सलमानले डान्सका विषयमा कैटरिना परफेक्शनिस्ट भएको बताएका थिए। सलमानले कैटरिनाको जस्तो हार्डवर्क गर्न सक्ने मानिस कममात्र हुने बताए। सलमानले आफ्नो तारिफ गरेपछि भावुक भएकी कैटरिनाले खुशीका आँशु खसालेकी थिइन्।
November 13, 2018 11:35 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी