प्रियंका र निकको बिहेको मिति फेरियो, एक महिनाअघि नै हुने भयो बिहे
एजेन्सी। प्रियंका चोपडा र निक जोनसको बिहेको मिति सारिएको छ । यसअघि २०१९ को जनवरीमा हुने भनिएको उनीहरुको बिहे एक महिनाभन्दा धेरै अगाडि सरेको छ । अब उनीहरुको बिहे यही वर्षको डिसेम्बर २ तारिखमा हुनेछ । प्रियंका र निकले अब २ डिसेम्बर २०१८ मा बिहे गर्दैछन् जुन मिति आउन अब एक महिना पनि बाँकी छैन ।
यी दुवैको बिहे यसअघि जनवरीमा हुने चर्चा थियो । तर, यी दुवै आफ्नो प्रेमलाई नयाँ रुप दि बेचैन छन् । एक अर्कासँग प्रेममा परेको केही महिनामै यी दुईले इंगेजमेन्ट गरेका थिए । यसका साथै बिहेका खबर पनि फैलन सुरु भयो । पछि छिट्टै बिहेको मिति पनि निर्धारण भयो।
यी दुईको बिहेको तयारी तीव्र रुपमा भइरहेको छ। यो बिहे एउटा विशाल उत्सव हुने अपेक्षा गरिएको छ । यी दुईको बिहेको तस्वीरको समेत बुकिङ भइसकेको छ। उनहिरुको बिहेको फोटो एक म्यागजिनले २.५ मिलियन डलरमा किनेको छ।यो जोडीले २ डिसेम्बरमा राजस्थानको जोधपुरमा बिहे गर्ने बताइएको छ । बिहे जोधपुरको मेहरानगढ किल्लामा हुन सक्ने पछिल्लो समाचारमा जनाइएको छ। यो त्यही किल्ला हो जहाँ फिल्म ठग्स अफ हिन्दोस्तानको सुटिङ भएको थियो।
November 13, 2018 12:15 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग