Saturday 20th December 2025

शुरु भयो रणवीर-दीपिकाको बिहे, यसरी गरियो टीकाटालो

7 years अगाडी

एजेन्सी । बलिउडको सबैभन्दा लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहे शुरु भएको छ । सोमबार उनहरुबीच टीकाटालो भयो । मंगलबार संगीत समारोह भयो । बुध र बिहीबार शाही बिहे हुनेछ ।

यो जोडी बिहेका लागि इटाली पुगेको छ । इटालीमा केही सिमित आफन्त तथा साथीहरुबीच यो बिहे भइरहेको छ । समाचारअनुसार यो जोडी सोमबारदेखि आधिकारिक रुपमा एकअर्काको भएको छ । परम्परागत प्रचलन कोकणी रितिरिवाजअुसार यो जोडीबीच सोमबार टीकाटालो भएको बताइएको छ । टीकाटालो समारोहलाई भारतीय भाषामा कोकणी फुल मुड्डी भनिन्छ ।

दीपिकाका बाबु प्रकाश पादुकोणले ज्वाई रणवीरलाई नारिवल दिएर आधिकारिक रुपमा स्वागत गरे । यसपछि जोडीले एकअर्कालाई औंठि लगाइदियो । समारोहमा उपस्थित सबैका लागि यो मुभमेन्ट इमोशनल थियो । रणवीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गर्दै यो क्षण निकै भाभुक रहेको बताएकी छन् । उनले सो क्षणमा आफ्नो आँखाबाट खुसीको आँसु आएकोसमेत बताएकी छन् । समाचारअनुसार यो जोडीले केही दिनपछि बिहेका तस्वीर सार्वजनिक गर्नेछन् ।

          November 14, 2018 11:12 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...