डान्सबारबाट ३५ बालबालिकाको उद्दार, प्रहरी नियन्त्रणमा ३ सञ्चालक
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २८ । महानगरीय प्रहरी वृत्त, लैनचौरले एक डान्सबारबाट ३५ जना बालबालिकालाई उद्धार गरेको छ ।वृत्तका प्रमुख डीएसपी गौतम केसिका अनुसार ‘अपरेशन रेस्क्यू अन्डर एज’ लैनचौरको डान्सबारबाट ती बालबालिकाको उद्धार गरिएकव छ । लैनचौरमा रहेको युनिक र बेबो डान्स बार एण्ड लाउन्सका ३ जना सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँ बालबालिका ऐन लागू भएपछि प्रहरीले उक्त कानुनको कार्यान्वयन गर्ने क्रममा उक्त काम गरिएको हो । प्रहरीले सञ्चालकले ती बालबालिकाहरुलाई बारमा यौनजन्य क्रियाकलापका साथै डान्सर र कामदारको रुपमा प्रयोग गरेको बताएको छ ।केसीले यो अभियानलाई तीव्रता दिने जानकारी दिए । काठमाडौंमा यस्ता डान्सबारहरु प्रशस्तै सञ्चालनमा रहेको र अधिकांशमा कानुनको उल्लंघन गरिएको प्रहरीको बुझाई छ ।
November 14, 2018 11:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...