यी हुन् विश्वका उत्कृष्ट १० एयरलाइन्स
काठमाडौं – विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा परेको छ । विमानसम्बन्धी वेबसाइट अष्ट्रेलियाको एयरलाइनरेटिङ्ग्स डटकमले सन् २०१९ का लागि मंगलबार सार्वजनिक गरेको विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो बनेको हो ।यो सूचीमा पछिल्लो पाँच वर्षदेखि एयर न्युजिल्याण्ड पहिलो नम्बरमा रहँदै आएको थियो । एयर न्युजिल्याण्ड नयाँ सूचीमा दोस्रो स्थानमा झरेको छ । यस्तै अष्ट्रेलियाको क्वान्टास तेस्रो, कतार एयरवेज चौथो नम्बरमा पर्दा भर्जिन अष्ट्रेलिया पाँचौं र युएइको इमिरेट्स छैटौं नम्बरमा छ ।
सूचीको सातौं नम्बरमा अमेरिकाको अल निप्पोन एयरवेज छ भने ताइवानको इभा एयर आठौ र हङकङको क्याथे प्यासेफिक नवौं नम्बर छ । सूचीको पुच्छारमा जापान एयरलाइन्स छ । उत्कृष्ट १० एयरलाइन्समा युरोप र उत्तर अमेरिकी क्षेत्रका कुनै पनि एयरलाइन्स परेका छैनन् ।
एयरलाइन रेटिङका प्रमुख कार्यकारी निर्देशक एवं प्रधान सम्पादक जेफ्री थोमसले आफूहरुले गरेको सर्वेक्षणमा सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट ठहरिएको बताए । एयरलाइनरेटिङ्ग्स डटकमले प्रदान गर्ने अवार्ड संस्थाका १२ सम्पादकले तय गरेको मापदण्ड अनुसार हुन्छ ।त्यसमा विमानको आयु, यात्रुको प्रतिक्रिया, मुनाफा, लगानीको श्रेणीकरण, सेवाको प्रस्ताव, कर्मचारीसँगको सम्बन्ध जस्ता विषयलाई मापदण्ड बनाइन्छ ।
November 14, 2018 11:31 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता