युरोपेली संघ इयु छोड्ने ब्रेक्जिट सम्बन्धी सम्झौता प्रस्तावमा सहमति
एजेन्सी, २९ कात्तिक । युरोपेली संघ इयु छोड्ने ब्रेक्जिट सम्बन्धी सम्झौता प्रस्तावमा सहमति भएको छ।ब्रिटेनको बहिर्गमनसम्बन्धी विस्तृत शर्तहरूबारे इयुसँग भएको मस्यौदा सम्झौतालाई आफ्नो मन्त्रिपरिषदले अनुमोदन गरेको ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले बताएकी छन्।
मिडिया रिपोर्टका अनुसार मन्त्रिपरिषदमा लामो र सघन छलफल भएको थियो ।उनले भनेकी छिन्, हाम्रा सामु अप्ठेरा विकल्पहरू थिए। तर यो उपलब्धमध्ये उत्तम विकल्प हो र यो ब्रिटेनको राष्ट्रिय स्वार्थ बमोजिम छ।
मन्त्रिपरिषदमा ९ जना मन्त्रीहरूले उक्त प्रस्तावको विरोधमा बोलेको मिडिया रिपोर्टमा उल्लेख छ।विपक्षी लेबर दलका नेता जेरेमी कोर्बीनले उक्त सम्झौता ब्रिटेनको राष्ट्रिय स्वार्थ अनुकुल भएको आफूलाई नलागेको बताए।
उनको दलले सो प्रस्तावको विपक्षमा संसदमा मत दिने कि नदिने बारे बिहीवार निर्णय हुने उनले बताए।सत्ताधारी कन्जरभेटिभ दलभित्रै पनि सो प्रस्ताव विरुद्ध मत बलियो रहेको छ।
November 15, 2018 12:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता