भारतलाई पछि पार्दै चीनले यस्तो बनाउँदैंछ कर्णाली ! हवाई क्षेत्रमा पनि सहयोग गर्ने
काठमाडौँ । चीन नेपालको पुरानो साझेदार राष्ट्र हो । चीनले नेपालमा विभिन्न क्षेत्रहरुमा लगानी गरेको छ । भौतिक निर्माण देखि धेरैं कुराहरुमा चिनियाँ सहयोग नेपालका लागि अतुलनिय रहेको छ । नेपालमा भारतले पनि लगानी बढाईरहेको छ । भारतले नेपालको जलविद्युत क्षेत्रमा विशेष चासो दिने गरेको छ भने चीन नेपालको यातायात क्षेत्रमा लगानी खोजिरहेको छ । चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थालको छ ।
चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ । टोलीमा १३ सदस्य छन् । चीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने आश्वासन दिएको छ । गत असोजमा चिनियाँ सरकारको स्वामित्वमा रहेको नर्थवेस्ट सिभिल एभिएसनले सम्भाव्यता छलफल गरेर फर्केको थियो ।
गएको नाकाबन्दीपश्चात नेपाल र भारतका बिचमा केही चिसोपना देखिएको थियो । भारतीय सीमाक्षेत्रमा नाकाबन्दी देखिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग महत्वपुर्ण सम्झौंता गरेर भारतलाई झस्काएको थियो । अहिले नेपालमा ओली नेतृत्वको सरकार रहिरहेको अवस्थामा नेपालमा भारतको भन्दा चीनको प्रभाव बलियो बन्दैं जाने खत्तरा रहेको विश्लेषण हुन थालेको छ ।
November 15, 2018 1:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता