यस्तो अलौकिक त्रिपुरासुन्दरी मन्दिरमा शूरु भएको मेला दर्शन गरे अद्भूत लाभ
बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म जात्रा लाग्नेछ । उक्त भगबतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको कल्याण हुने विश्वास गरिन्छ ।
जात्रालाई व्यवस्थित र मार्यादित बनाउन जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरा सुन्दरी मेला व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताउनुभयो ।कात्तिक जातको रूपमा मानिने उक्त जात्रा हरेक वर्ष सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजाराँैको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेको उहाँको भनाइ थियो । परम्परादेखि लाग्दै आएको यस मेलाको छुटृै महत्व छ । शक्तिशाली भगवतीलाई असार महीनामा अषढी जात, साउन अथवा भदौमा रक्षावन्धनका दिन वोगाल जात, कात्तिक शुक्ल नवमीका दिन कात्तिक जात मनाइन्छ । असोज र चैत्रको नवरात्रिमा परेवादेखि दशमीसम्म नियमित पूजा हुन्छ । कात्तिकको जातका अवसरमा राँगा र बोकाको बलि दिइन्छ ।
November 15, 2018 2:53 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :