Monday 23rd March 2026

प्रदूषणले आक्रान्त भएपछि स्थानीयद्वारा कलंकी चोक अनिश्चितकालका लागि बन्द

7 years अगाडी

काठमाडौं, २९ कात्तिक । काठमाडौंको कलंकी चोकदेखि सोल्टीमोडतर्फ जाने बाटो स्थानीयहरुले अनिश्चितकालका लागि भन्दै बन्द गराएका छन् । धुलो, धुँवा र प्रदुषणले आक्रान्त स्थानीयले लामो समयदेखि सडक निर्माणको कार्यका नाममा जनताको स्वास्थ्यमाथि सरकारी तवरबाट नै खेलबाड भएको भन्दै सडक बन्द गराएका हुन् ।उनीहरुले यसअघि पनि काठमाडौं महानगरसँग सम्झौता गरी धुलो, धुँवा नियन्त्रणको सहमति भएपनि त्यसको पालना नभएको भन्दै आक्रोश जनाए । स्थानीय रामचन्द्र रिजाल भन्छन्, ‘जबसम्म धुलो धुँवा नियन्त्रण हुँदैन तबसम्म हामी सडक खुल्न दिंदैनौं । ’

यसअघि पनि स्थानीयले सरकारको ध्यानाकर्षण गराएका थिए । तत्कालिन अबधिमा धुलो धुँवा नियन्त्रणको लागि भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १४ सँग स्थानीयले सम्झौता गरेपछि तत्कालिन अबधिमा आन्दोलन स्थागित भएको थियो । आन्दोलित स्थानीयले तत्काल सडक पीच गर्नुपर्ने, धुलो नियन्त्रण गर्नुपर्ने, बीच बाटोमा अनावश्यकरुपमा राखिएका डिभाइडर हटाईनुपर्ने लगायतका माग गरेका छन् ।

          November 15, 2018 3:19 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...