यी चर्चित अभिनेत्री, जसले अस्वीकार गरेकी थिइन् शाहरुखको फिल्म
एजेन्सी । साउथ इण्डियन फिल्मकी चर्चित अभिनेत्री नयनतारा ३४ वर्ष पुगेकी छिन् । उनको भोलि जन्मदिन हो। उनको जन्म १८ नोभेम्बर, १९८४ मा कर्नाटकमा भएको थियो। कयौँ साउथ इण्डियन फिल्मका काम गरेकी नयनतारा मूल रुपमा ईसाई थिइन्। उनको वास्तविक नाम डायना मरियम हो। तर उनले सन् २०११ मा हिन्दू धर्म अंगालेकी थिइन्। रिर्पोटका अनुसार नयनतारा अभिनेता तथा निर्देशक प्रभुदेवाको प्रेममा थिइन्। दुबैले विवाह पनि गर्ने योजना बनाएका थिए, तर प्रभु देवा पहिलै विवाहित भएका कारण विवाह हुन सकेन्। त्यसैले ३४ वर्षको उमेरमा पनि नयनतारा अविवाहित छिन्।
विवाहित भएको थापा पाउदापाउँदै पनि नयनतारा २००९ मा प्रभुदेवासँग लिभइन टुगेदरमा थिइन्। आफ्नो वैवाहित सम्बन्ध धराममा पर्ने देखेपछि प्रभुकी पत्नी लताले २०१० मा फ्यामिली कोर्टसम्म पुगेकी थिइन् भने नयनतारासँग प्रभुको विवाह गरे आफू भोक हडतालमा बस्ने धम्की समेत दिएकी थिइन्। अन्ततः प्रभुले सन् २०१२ मा नयनतारासँग सम्बन्ध तोडेका थिए।
शाहरुख खानको फिल्म खेल्न अस्वीकार : प्राय शाहरुख खानको फिल्म खेल्नका लागि अभिनेत्रीको होड चल्ने गर्दछ। तर नयनताराले शाहरुखको फिल्म चेन्नई एक्सप्रेसमा आइटम गीत गर्न अस्वीकार गरेकी थिइन्। यो विषयलाई लिएर मिडियाले शाहरुखसँग काम गर्न अस्वीकार गर्ने पहिलो अभिनेत्री नयनतारा भन्दै समाचार बनाएका थिए।
November 17, 2018 1:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी