Monday 23rd March 2026

डडेल्धुरामा भएको जिप दुर्घटनाको यस्तो छ पछिल्लो बिवरण

7 years अगाडी

जीप दुर्घटना हुदा २ जनाको मृत्यु १७ जना यात्रु घाइते भएका छन् । भागेश्वर गाउँपालिका–४ कुलाममा म१ज १८० नम्बरको जीप अनियन्त्रित भई सडकबाट भीरमा खसेको हो । मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन । घाइतेको नाम खुल्न सकेको छैन । प्रहरी अहिले घटना भएको ठाउँमा पुगेको छ । उद्धार भइरहेको छ ।

जिप सडकभन्दा १०० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन। घाइते हुनेहरूमा भागेश्वर गाउँपालिका–३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीय तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीय माया नागरी, बैतडीको मेलौली–८ बस्ने १८ वर्षीय गौरी विष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय शुसिल महता, कञ्चनपुर दैजीकी २० वर्षीय सर्मीला रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

          November 18, 2018 3:18 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...