Monday 23rd March 2026

सर्वोच्चको फैसलाले प्रहरीमा तरंग !

7 years अगाडी

काठमाडौँ, ४ मंसिर । सर्वोच्चका एक फैसलाका कारण प्रहरीमा यतिबेला तरंग उत्पन्न भएको छ । पूर्व एसएसपी यादवराज खनालकोरिटमा सर्वोच्चले गरेको फैसलाले प्रहरीमा तरंग ल्याएको हो । खनालले डीआईजी पद रिक्त राखेर आफूलाई बढुवा नगरिएको भन्दै रिट दायर गरेका थिए । तर, उनले न्याय पाएनन्, एसएसपी मै अवकाश दिइयो ।

अवकाश पाएको एक वर्षपछि सर्वोच्चले फैसला गर्दै उनलाई क्षतिपूर्ति दिन समेत आदेश दियो । त्यतिमात्र होइन अबदेखि प्रहरीमा पनि कुनै पनि पद रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्नु पनि निर्देशनात्मक आदेश दिएको छ । तीन महिनाभित्र बढुवा नगरे बढुवा समितिमा रहने गृहसचिव, आइजीपी तथा एआइजीलाइ कारबाही गर्न आदेशमा भनिएको छ । यही फैसलाका कारण प्रहरीम खुशीको तरंग आएको छ । किनकि प्रहरीमा पद रिक्त भएको महिनौंसम्म पनि बढुवा हुने गरेको छैन ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ला प्रधान र डम्बरबहादुर शाहीको इजलासले गरेको फैसलामा भनिएको छ ‘बढुवाको लागि प्रकृया पूरा गर्न अनुचित विलम्ब गरी बढुवाका लागि सम्भावित उम्मेदवार सहभागी हुन नपाई बढुवाको अवसरबाट वञ्चित हुन पुगी त्यसबीच उमेरको कारण अवकाश गर्नुपर्ने अवस्था सिर्जना भएकोमा क्षतिपूर्तिबापत अतिरिक्त सुविधा दिने वा उपयुक्त व्यवस्था मिलाउनु भनी विपक्षीको नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।’

          November 20, 2018 10:32 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...