Tuesday 10th March 2026

सलमानका पिताले सातो लिए ज्याकलिनको…कारण छ यस्तो !

8 years अगाडी

श्रीलंकन मुलकी बलिउड नायिका ज्याकलिन फर्नान्डिसलाई बलिउडमा काम गरेको धरै समय भए पनि हिन्दी भने बोल्न आउँदैन। भारतीय सञ्चार माध्यमले जनाएअनुसार नायक सलमान खानले फिल्म किकको सुटिङमा उनलाई हिन्दी सिकाउने गर्थे। तर उनले सलमानबाट अहिलेसम्म पनि हिन्दी सिक्न सकिनन्। त्यसमाथि उनलाई उर्दू भाषा सिक्ने सोख चढ्यो।

एक भारतीय सञ्चार माध्यमले जनाएअनुसार अक्सर सलमानको घर गइरहने ज्याकलिनले उर्दू सिक्नका लागि सही शिक्षक सलमानका पिता तथा अभिनेता सलीम खान हुन सक्ने सोचिन्। सलिमको सामु आफू उर्दू सिक्न चाहेको बताइन्। तर सलिम खानले हप्की लगाए– ‘तिमी पहिला हिन्दी सिक अनि पछि उर्दू सिकाउँला।’ समाचारपत्रमा खबर छ ।

सलीम सधैं आफ्नो मनमा लागेको कुरा व्यक्त गर्ने मानिसमा गनिन्छन्। त्यसैले उनले ज्याकलिनलाई मनमा लागेको कुरा भनिदिए। पछि भने उनले ज्याकलिनलाई उर्दू सिकाउन शुरू गरेका छन्। ज्याकलिनले भनेकी छिन्– ‘मैले उर्दू सिक्न शुरू गरिसकें, आशा छ म छिट्टै सिक्नेछु। पहिला सजिला शब्द सिक्दैछु र अफ्ठ्यारा शब्द पछि सिक्नेछु।’

          June 18, 2018 11:38 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...