Monday 23rd March 2026

जनतालाई सिटामोल छैन, नयाँ गाडी किन्न करोडौं बजेट !

7 years अगाडी

काठमाडौं । संघीय सांसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाइँ दुइवटा एक करोड रुपैयाँभन्दा बढी मुल्यका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो । स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

          November 20, 2018 10:43 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...