इटलीमा बिहे गरेर मुम्बई फर्किए दीपिका–रणवीर, ५० करोडको अपार्टमेन्टमा बस्ने !
मुम्बई । केही समय पहिले मिटुमय भएको बलिउड अहिले विवाहमय भएको छ । बलिउड हस्ती दीपिका पादुकोण र रणवीर सिंह इटलीमा बिहे गरेर आज भारत फर्किएका छन् । आइतवार मुम्बई आएको यो जोडीलाई फ्यानले बधाई दिए । बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिअनुसार बिहे भएको थियो भारत ओर्लिएपछि यो नवविवाहित जोडी पहिले एअरपोर्टमा र त्यसपछि आफ्नो अपार्टमेन्टबाट आफ्ना प्रशंसकलाई अभिवादन गरेका गर्दै तस्वीर समेत खिचाएका थिए ।
बलिउडको चर्चित बिहेमा रणवीर–दीपिकाको बिहेलाई पनि हेर्ने गरिएको छ । यी दुईले बिहेमा एकदमै नजिकका साथी र आफन्तलाई मात्र निम्ता गरेका थिए । यसैविच, दीपिका र रणवीरले मुम्बइको बान्द्रा इलाकामा ५० करोडको घर किनेको चर्चा समेत भारतीय मिडियामा चलेको छ । उनीहरु, अब उक्त घरमा बस्ने तयारीमा छन् । शान्त र समुन्द्रको समेत दृश्य देखिने घर खोजेको यो जोडीले महंगो रकम तिरेर घर किनेको हो ।
रणवीरको घरपुगेलगत्तै दीपिका र रणवीर पत्रकारहरुसँग कुराकानी गर्न राजी भएका थिए । उनीहरुले सञ्चारमाध्यममार्फत विवाहको बधाई दिने सबैलाई हात जोडेर धन्यवाद व्यक्त गरे । रणवीरको घरमा दीपिका पुग्दा त्यहाँको माहोल हेर्न लायक थियो । उनी हातमा मेहन्दी, शिरमा रातो सिन्दूर, रातो चुरा र रातै दुपट्टा ओढेर ट्रेडिशनल लुकमा देखिएकी थिइन् । रणवीर सिंहले सेतो कलरको कुर्ता पाइजामा र पिंक ज्याकेट लगाएका थिए । भारतीय सञ्चारमाध्यको सहयोगमा
November 20, 2018 11:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी