Monday 23rd March 2026

मध्यरातमा जुवाको खालमा प्रहरीको छापा, नगदसहित ४ जना पक्राउ

7 years अगाडी

दमौली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-९ का होमबहादुर थापा र सुकबहादुर थापा छन्।

मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए। उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ। पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताए।

          November 21, 2018 12:00 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...