अति पवित्र तालबाराही मन्दिरबाट फेवातालमा १० हजार भुरा माछा छाडियो
कास्की । स्वदेशी जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले आज विश्व मत्स्य दिवसको अवसर पारेर फेवातालमा १० हजार माछाका भुरा छाडिएको छ । स्वदेशी जातका माछा लोप हुँदै जान थालेपछि मत्स्य अनुसन्धान केन्द्र, हर्पन फेवा मत्स्य सहकारी संस्था तथा माछापुच्छ«े जलारी आमा समूहको संयुक्त आयोजनामा भुरा छाड्ने कार्यक्रम गरिएको हो । केही वर्षअघिसम्म तालमा सहर, बाम, कत्ले, रेवा, काँडे र फगेटाजस्ता स्वदेशी प्रजातिका माछा मात्र पाइने गरेकामा हाल टिलापिया, माउर र कमन जस्ता आयातित प्रजातिका माछाको बाहुल्यता रहेको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले बताउनुभयो ।
पोखरा महानगरपालिकाका उप्रमुख मञ्जुदेवी गुरुङले पानी प्रदूषण, तालको क्षेत्रफल घट्दै जानु र अवैध माछा मार्नाले स्वदेशी माछा लोप हुँदै गएको बताउनुभयो । उहाँले विगतमा तालमा २४ प्रजातिका स्वदेशी माछा पाइने गरेकामा अहिले लोप हुँदै गएकाले संरक्षण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । मत्स्य अनुसन्धान केन्द्रका निर्देशक अीग्न नेपालले स्थानीय माछाको सङ्ख्या बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । महानगरका कृषि महाशाखा प्रमुख मनोहरप्रसाद कँडरियाले पोखरालाई माछामा आत्मनिर्भर गर्नसके विषादी मिसाइ बाहिरबाट आउने माछालाई रोक्न सकिने बताउनुभयोे । मत्स्य सहकारीका अध्यक्ष जलारीले तालमा स्थानीय जातको माछा हराउँदै जानुमा प्रदूषण नै मुख्य कारण रहेको बताउनुभयो । उहाँले हाल ९१ घरपरिवारले तालमा माछा मारेर नै जीवन निर्वाह गर्दै आएको जानकारी गराउनुभयो ।
November 22, 2018 11:05 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता