रणबिरसँग मेराे विवाह हेर्न इच्छुक हुनुहुन्छ ? केही समय कुर्नुस्: आलिया भट्ट
बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहको विवाह पछि दीपिकाका पूर्व प्रेमी रणबिर कपूर र आलिया भट्टले कहिले बिहे गर्लान त भन्ने कुराको चर्चा मिडिया तथा सामाजिक संजालमा भइरहेको छ । तर अभिनेत्री आलिया भट्टले भने रणबिर कपूरसँग उनको विवाहको विषयमा नयाँ कुराको खुलासा गरेकी छिन् । रणवीर र दीपिकाको विवाहलगत्तै रणबिर कपूर र आलिया भट्टले पनि २०१९ भित्र विवाह गर्ने खबर चर्चामा आएको थियो । तर आलियाले भने फ्यानहरुलाई केही समयका लागि पर्खनुपर्ने बताएकी छिन् । आलियाले भनिन्, ‘यदि फ्यानहरुलाई मेरो विवाह हेर्न हतार भइरहेको छ भने अझै केही समयसम्म पर्खनु पर्छ,’ उनले अगाडि भनिन्,‘यदी क्लाइमेक्स राम्रो भयो भने त्यसको अन्त्य पनि राम्रो समाचारबाटै हुनेछ ।’
बलिउडमा केही समय यता आलिया र रणबिरको प्रेम सम्बन्धकै चर्चा हुने गरेको छ । खबरहरुका अनुसार आलिया र रणबिर पछिल्लो १ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । तर यि दुवैैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई स्वीकार गरेका छैनन् । अहिले आलिया र रणबिर फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकनमा व्यस्त छन । यि दुवैका सेटमा खिचिएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छाइरहेका छन् । आलिया आजभोलि २ वटा फिल्म ‘कलंक’ र ‘ब्रम्हास्त्र’ को छायाँकन एकसाथ गरिरहेकी छिन् ।
एक जमानामा बलिउडका कैयौं ठूला स्टारहरु एक दिनमा २÷३ सिफ्टमा फरक फरक फिल्ममा काम गर्ने गर्थे ।अहिलेको पुस्तामा त्यसरी काम गर्ने आलिया भट्ट एक्ली अभिनेत्री हुन् । उनी दिउँसो अभिषेक वर्मनको फिल्म ‘कलंक’ को छायाँकनका लागि दहिसर पुग्छिन् । दहिसर मुम्बईबाट कोसौं टाढा उत्तर तर्फ पर्छ । त्यहाँको छायाँकनको काम सकेर उनी साँझ घर फर्कन्छिन् । त्यसपछि फेरी उनी मुम्बईको दक्षिण तर्फ लाग्छिन् जहाँ उनी रातभर अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ को छायाकनमा व्यस्त हुन्छिन् ।
खबरहरुका अनुसार छायाँकंनको काम सकिएलगत्तै आलिया कम्बल समातेर सिधै आफ्नो गाडी तर्फ दौडिन्छिन । र उनी त्यही गाडीकै सीटमा सुत्ने गर्छिन आजभोली आलियाको निन्द्रा गाडीमा ओहोर दोहोर गर्ने बेलामा मात्रै सिमीत भएको छ ।अहिले आफ्ना लागिसमेत समय दिन नसकेकी आलिया भट्टले विवाहका लागि समय दिन नसक्ने भएकै कारण उनका फ्यानहरुलाई विवाहका लागि केही समय कुर्न भनेकी हुन् ।
November 23, 2018 10:48 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी