Saturday 20th December 2025

फोहरको थुप्रोमा भेटिएकी बालिकालाई यस्ती बनाए मिथुनले, अहिले फिल्म खेल्ने तयारी !

7 years अगाडी

मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्तीको विषयमा हालै आश्चर्यजनक खुलासा भएको छ । दिशानी मिथुनकी धर्मपुत्री हुन् भन्ने धेरैलाई थाहा भएपनि उनलाई मिथुनले कसरी भेटेका थिए भन्ने अहिलेसम्म धेरैलाई थाहा थिएन ।

दिशानीलाई उनका वास्तविक मातापिताले फोहरको थुप्रोमा छोडेर गएको मिथुनले खुलासा गरेका छन् । जब मिथुनले फोहरको थुप्रोमा अनाथ बालिका भेटे त्यतिबेला उनले ती बालिकालाई छोरीको रुपमा सँगै राख्ने निर्णय लिएका थिए ।

मिथुनकी पत्नी योगिता वालीले पनि उनलाई साथ दिइन् । दुवैले ती बालिकालाई घरमा ल्याए । मिथुनको अभिभावकत्वमा कुनै कमी नभएको दिशानीको अहिलेको अवस्था हेरेर थाहा हुन्छ । दिशानी अहिले ठूली भइसकेकी छिन् र निकै स्टाइलिश देखिन्छिन् । दिशानी अहिले बलिउड डेब्यूको तयारीमा छिन् ।

          November 23, 2018 12:42 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...