नामसहित,डडेल्धुरामा यी १८ जनाले ज्यान गुमाएका थिए
डडेल्धुरामा हिजो साँझ भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सबै १८ जनाको सनाखत भएको छ । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनमा रहेको पिसजोन एकेडेमी स्कुलको बस दुर्घटनामा पर्दा १८ जनाको ज्यान गएको थियो ।प्रहरीका अनुसार अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्किदा दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।स्कूलका सञ्चालक भीम बलायरले परिवारसहित स्कूलका अन्य संस्थापक लिएर मेला हेर्न गएको र फर्किने क्रममा स्याउले भन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको भन्ने बुझिएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिए ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहराको ज्यान गएको हो ।प्रहरीका अनुसार सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दीपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका–११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ ।
त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा–३ का ३० वर्षीया माया रावल, कैलाली गोदावरी–१० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ का १७ वर्षीय तीलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटी शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विकको मृत्यु भएको हो ।
डडेल्धुरामा यी १८ जनाले ज्यान गुमाएका थिए, नामसहितडडेल्धुरामा हिजो साँझ भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सबै १८ जनाको सनाखत भएको छ । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनमा रहेको पिसजोन एकेडेमी स्कुलको बस दुर्घटनामा पर्दा १८ जनाको ज्यान गएको थियो ।प्रहरीका अनुसार अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्किदा दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
स्कूलका सञ्चालक भीम बलायरले परिवारसहित स्कूलका अन्य संस्थापक लिएर मेला हेर्न गएको र फर्किने क्रममा स्याउले भन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको भन्ने बुझिएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिए ।डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहराको ज्यान गएको हो ।
प्रहरीका अनुसार सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दीपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका–११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ ।त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा–३ का ३० वर्षीया माया रावल, कैलाली गोदावरी–१० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ का १७ वर्षीय तीलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटी शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विकको मृत्यु भएको हो ।
November 23, 2018 2:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता