चर्चामा आउन प्रियंका र आयुष्मानको यस्तो ‘फण्डा’
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित जोडीहरुमध्येको एक हो नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी । यो जोडी समय समयमा विभिन्न फन्डा गर्दै मिडियामा छाउने गरेको छ । यीनीहरुको सम्बन्ध सुरुवात हुँदा देखि नै समय समयमा मिडियामा छाइरहने जोडी हो यो । सुरुवातमा यो जोडी दिदीभाइको नाताले चर्चामा थिए । तर त्यो दिदीभाइको नाता लामो समयसम्म टिक्न सकेन । त्यसको केही समयमा उनीहरु प्रेमीप्रेमिकाका रुपमा प्रस्तुत भए । जसले गर्दा सबैको ध्यान आफूप्रति खिच्नसमेत सफल भए । उनीहरुले टप्काटालो पनि गरिसकेका छन् । अर्को वर्ष विवाह गर्ने तयारीमा यो जोडी रहेको छ ।
यो जोडीले आफूलाई मिडियामा छाउनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ । यसैबीच बेला यो जोडी नयाँ फण्डाका कारण चर्चामा छ । उनीहरुले स्विमिङका समयमा खिचेको तस्बिर सार्वजनिक भएसँगै यो जोडीको चर्चा बढेको हो । तस्बिरमा दुवैजना एक अर्कासँग रमाइरहेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेका तस्बिर अहिले चर्चामा छ ।
यो तस्बिर बाहिरिएसँगै धेरैले उनीहरुको मिडियामा छाउने कलाका रुपमा समेत व्याख्या गरिरहेका छन् । कतिपयले भने चलचित्र प्रचारको नयाँ शैलीका रुपमा उनीहरुको यो पोजलाई लिइरहेका छन् । आफूलाई चर्चामा ल्याउनकै लागि उनीहरुले यस्ता उपायहरु अपनाइरहेका छन् भने त्यो चर्चा कति दिनसम्मका लागि रहला ? यो कुरामा सचेत हुने पो हो कि ?
November 24, 2018 12:17 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी