चर्चामा आउन प्रियंका र आयुष्मानको यस्तो ‘फण्डा’
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित जोडीहरुमध्येको एक हो नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी । यो जोडी समय समयमा विभिन्न फन्डा गर्दै मिडियामा छाउने गरेको छ । यीनीहरुको सम्बन्ध सुरुवात हुँदा देखि नै समय समयमा मिडियामा छाइरहने जोडी हो यो । सुरुवातमा यो जोडी दिदीभाइको नाताले चर्चामा थिए । तर त्यो दिदीभाइको नाता लामो समयसम्म टिक्न सकेन । त्यसको केही समयमा उनीहरु प्रेमीप्रेमिकाका रुपमा प्रस्तुत भए । जसले गर्दा सबैको ध्यान आफूप्रति खिच्नसमेत सफल भए । उनीहरुले टप्काटालो पनि गरिसकेका छन् । अर्को वर्ष विवाह गर्ने तयारीमा यो जोडी रहेको छ ।
यो जोडीले आफूलाई मिडियामा छाउनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ । यसैबीच बेला यो जोडी नयाँ फण्डाका कारण चर्चामा छ । उनीहरुले स्विमिङका समयमा खिचेको तस्बिर सार्वजनिक भएसँगै यो जोडीको चर्चा बढेको हो । तस्बिरमा दुवैजना एक अर्कासँग रमाइरहेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेका तस्बिर अहिले चर्चामा छ ।
यो तस्बिर बाहिरिएसँगै धेरैले उनीहरुको मिडियामा छाउने कलाका रुपमा समेत व्याख्या गरिरहेका छन् । कतिपयले भने चलचित्र प्रचारको नयाँ शैलीका रुपमा उनीहरुको यो पोजलाई लिइरहेका छन् । आफूलाई चर्चामा ल्याउनकै लागि उनीहरुले यस्ता उपायहरु अपनाइरहेका छन् भने त्यो चर्चा कति दिनसम्मका लागि रहला ? यो कुरामा सचेत हुने पो हो कि ?
November 24, 2018 12:17 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग