मिस वर्ल्डकी नेपाली प्रतिस्पर्धी शृङ्खलाकी आमा भन्छिन् – ‘सुरुमा बुबालाई बुझाउनै गाह्रो भयो’
काठमाडौँ । मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको जारी अनलाइन भोटिङमा मिस नेपाल शृङ्खला खतिवडा धेरै मत ल्याउने प्रतिस्पर्धी हुन्। तर नेकपाका एक सांसदकी छोरी उनले मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुन संघर्ष गर्नु परेको थियो। सुरुमा त उनलाई आफ्नो बुवासँग अनुमति लिन नै कठिन परेको थियो।उनको चर्चाको एउटा पाटो राजनीतिक पृष्ठभूमिको परिवारबाट हुनु पनि हो। विगतमा मिस नेपाल प्रतियोगिताको विरोधमा उत्रिने गरेको माओवादीसँग एकता गरेको तत्कालीन एमाले र अहिले नेकपाका सांसद विरोध खतिवडा र तत्कालीन नेकपा ९एमाले०की मकवानपुर जिल्ला अध्यक्ष भइसकेकी प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् शृङ्खला।
उनका निम्ति मिस नेपाल प्रतियोगिताको ढोका खोल्न आफूले सघाएको आमा मुनुले खुलाइन्। सुरुमा उसको बुवाले मान्नु भएको थिएन। खासमा शृङ्खलाले पहिले मसँग कुरा राखेकी बेला मलाई पनि यो हाम्रो क्षेत्र होइन नै भन्ने लागेको थियो। तर उसले मिस नेपालमा गएर आफ्नो प्रतिभा देखाउने र त्यसमा पाएको ख्यातिले समाज सेवा गर्ने कुरा गरेपछि अनुमति दिन मैले पनि बुवालाई सम्झाएँ।त्यस अघि मैले मेरा पार्टीका सहकर्मीहरुसँग यस बारेमा छलफल गरेकी थिएँ। शृङ्खलाले सानैदेखि मिस नेपालमा भाग लिने कुरा गर्ने गरेको तर त्यसलाई छोरीले ठट्टा गरेको उनले भन्ठानेको उनको आमाले बताइन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले पनि शृङ्खलाको बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। शंकर पोखरेलले र योगेश भट्टराईले शृङ्खलाको परिचयात्मक भिडिओ ट्विट गरेका छन्। सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिस्पर्धी गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ। बीबीसी
November 25, 2018 10:54 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग