Saturday 7th March 2026

‘वीर विक्रम २’ मा वर्षाको जोडी को ?

7 years अगाडी

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र हो ‘वीर विक्रम २’। यो चलचित्रको यति बेला धमाधम छायांकन भइरहेको छ । छायांकनका लागि चलचित्र युनिट यतिबेला नेपालको पर्यटकीय स्थल मुस्ताङमा छ । निर्देशक चाम्स ’ वीर विक्रम २’को जम्बो टिमसहित केही दिन अघिमात्र मस्ताङ पुगेका थिए । कोरस डान्सरको जम्बो टोलीसहित मुस्ताङमा छायांकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए ।

चलचित्र’वीर विक्रम २’को मनाङ र मुस्ताङका रमणीय स्थानमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनका तस्बिरहरु बाहिरिएका छन् । यतिबेला चलचित्रको गीत छायांकन भइरहेको बताइएको छ । गीतमा रञ्जित गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको छ । गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

चलचित्रका सह–निर्माता अर्पण सापकोटा हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, विनिषा भण्डारीका अलवा, बुद्धि तामाङ, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य तथा बालकलाकार मनिष लिम्बुकोसमेत अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्र ‘वीर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रको सम्पादन बनिष शाहको छ

          November 25, 2018 1:01 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...