सुर्खेत प्रहरीको ज्याजती, आफन्तलाई भेट्न दिदैन
अमर दिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुदा दर्ता गराउनु भएको थियो।हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलार्इ गत कार्तिक २० पक्राउ गरेको हो।यता मियाले भने कवाड समान आफहुरुले अन्य व्यक्तीबाट खरिद गरेको बताउनु भएको छ।जिल्ला प्रहरी कार्यलय सुर्खेतको आग्रह अनुसार सुर्खेत उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि खरिद गरेको भनिएको ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको जानकारी गराएपनि प्रहरीले सरकारी वकिलको कार्यालयमा नपठाएको उनीहरुको भनार्इ छ ।उनीहरुले ट्याक्टरको पुरानको र्इन्जिन पुनःप्रयोगमा नआउने भन्दै उधोग बाणिज्य संघले कवाड समानको दर रहेको पत्र मंसिर २ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा पठाएपनि प्रहरीले यसलार्इ हटाएर १ लाख २२ हजार बराबरको विगो नयाँ मुल्य सहितको व्यहोरा मंसिर ४ गते सरकारी वकिलको कार्यलयमा पेश गरेको बताएका छन।
वकिलको कार्यलयले सुर्खेत उधोग बाणिज्य संघ बुझेर र्इन्जिन फेरि प्रयोगमा आउने हो या होर्इन समान के कस्तो अबस्थमा छ कति मुल्य बराबरको समान छ भनी बुझ्न जिल्ला प्रहरी कार्यलयलार्इ निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ।सरकारी वकिल कार्यालयले गत मंसिर ४ गते पठाएको पत्रको जबाफ प्रहरीले अहिलेसम्म पनि नपठाएको भन्दै आफन्तले दुखेसो पोखेका छन।यता सुर्खेत उधोग बाणिज्यसंघले भने १४४ नम्बरको चलानी नम्बर भएको पत्र मंसिर २ गते नै पठार्इ सकेको जनाएको छ।प्रहरी कार्यलय सरकारी वकिलको कार्यलय बिचको दुरी पाँच मिनेटको अन्तरमा हुदाँ समेत आफुहरुको समस्या प्रति प्रहरी गम्भिर नभएको आफन्तको गुनासो छ।यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने आफुहरु यसको प्रकियमा रहेको भन्दै केही दिन भित्रै पत्र पठाउने जनाएको छ। प्रहरीले हिरासतमा रहेका आन्तहरुलार्इ सहजै रुपमा भेट्न दिने गरेको दाबी गर्दै शंकाका लागेको अबस्थमा सामान्य चेक जाँच गर्ने गरेको जनाएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता