दीपिका र रणवीरको रिसेप्सनका लागि कट्रिनालाई विशेष निमन्त्रणा
बलिउड फिल्म उद्योगमा अभिनेता रणबिर कपूरका कारण दीपिका पादुकोण र कट्रिना कैफ एक अर्काको शत्रुजस्तै बनेका थिए ।तर अहिले सार्वजनिक खबरहरुका अनुसार दीपिका र कट्रिनाबीचको शत्रुता मित्रतामा बदलिइसकेको छ । रणबिर कपूरसँगको ब्रेकअप छि रणवीर सिंहका साथ विवाह गरेकी दीपिकाले उनको विवाहको पार्टीमा कट्रिना कैफलाई निम्तो पठाएकी छिन् । डिसेम्बर १ मा रणवीर र दीपिकाले बलिउड कलाकारहरुको लागि मुम्बईमा भव्य रिसेप्सनको आयोजना गर्दैछन । रिसेप्सनमा बलिउडका कैयौँ कलाकारहरु सहभागी हुनेछन् । यसै रिसेप्सनका लागि कट्रिनालाई पनि बोलाइएको छ ।
कट्रिना केफले यस पार्टीमा सहभागी हुने वा नहुने बिषयमा भने कुनै प्रतिक्रिया दिएकी छैनन् । उनी अहिले यस विषयमा अभिनेता सलमान खानसँग छलफल गरिरहेकी छिन् । र यदि सबैकुरा सही भयो भने कट्रिना सलमान खान र अली अब्बास जफरका साथ रिसेप्सनमा सहभागी हुन सक्छिन् । कट्रिनालाई दीपिकाले मात्रै नभई रणवीर सिंहले समेत व्यक्तिगत रुपमा म्यासेज गरेर पार्टीका लागि निमन्त्रणा दिएका छन् ।

यही नोभेम्बर १४ र १५ मा रणवीर सिंह र दीपिका पादुकोणको विवाहपछि यो जोडीले विवाहका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो । त्यस बेला अभिनेत्री कट्रिना कैफले यो नवविवाहित दीपवीरलाई विवाहको शुभकामना दिएकी थिइन् । विवाहको तस्बिरसँगै कमेन्टमा कट्रिनाको शुभकामनाले धेरैको ध्यान खिचेको थियो । किनकी कट्रिना र दीपिकाबीचको शीतयुद्ध बलिउड उद्योगमा सर्वविदितै छ । कट्रिनाले दीपिकाले सार्वजनिक गरेका विवाहको तस्बिरमा मात्रै नभई रणवीर सिंहले सार्वजनिक गरेका तस्बिरमा समेत विवाहको बधाई तथा शुभकामना दिएकी थिइन् ।
November 27, 2018 10:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी