दीपिका र रणवीरको रिसेप्सनका लागि कट्रिनालाई विशेष निमन्त्रणा
बलिउड फिल्म उद्योगमा अभिनेता रणबिर कपूरका कारण दीपिका पादुकोण र कट्रिना कैफ एक अर्काको शत्रुजस्तै बनेका थिए ।तर अहिले सार्वजनिक खबरहरुका अनुसार दीपिका र कट्रिनाबीचको शत्रुता मित्रतामा बदलिइसकेको छ । रणबिर कपूरसँगको ब्रेकअप छि रणवीर सिंहका साथ विवाह गरेकी दीपिकाले उनको विवाहको पार्टीमा कट्रिना कैफलाई निम्तो पठाएकी छिन् । डिसेम्बर १ मा रणवीर र दीपिकाले बलिउड कलाकारहरुको लागि मुम्बईमा भव्य रिसेप्सनको आयोजना गर्दैछन । रिसेप्सनमा बलिउडका कैयौँ कलाकारहरु सहभागी हुनेछन् । यसै रिसेप्सनका लागि कट्रिनालाई पनि बोलाइएको छ ।
कट्रिना केफले यस पार्टीमा सहभागी हुने वा नहुने बिषयमा भने कुनै प्रतिक्रिया दिएकी छैनन् । उनी अहिले यस विषयमा अभिनेता सलमान खानसँग छलफल गरिरहेकी छिन् । र यदि सबैकुरा सही भयो भने कट्रिना सलमान खान र अली अब्बास जफरका साथ रिसेप्सनमा सहभागी हुन सक्छिन् । कट्रिनालाई दीपिकाले मात्रै नभई रणवीर सिंहले समेत व्यक्तिगत रुपमा म्यासेज गरेर पार्टीका लागि निमन्त्रणा दिएका छन् ।

यही नोभेम्बर १४ र १५ मा रणवीर सिंह र दीपिका पादुकोणको विवाहपछि यो जोडीले विवाहका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो । त्यस बेला अभिनेत्री कट्रिना कैफले यो नवविवाहित दीपवीरलाई विवाहको शुभकामना दिएकी थिइन् । विवाहको तस्बिरसँगै कमेन्टमा कट्रिनाको शुभकामनाले धेरैको ध्यान खिचेको थियो । किनकी कट्रिना र दीपिकाबीचको शीतयुद्ध बलिउड उद्योगमा सर्वविदितै छ । कट्रिनाले दीपिकाले सार्वजनिक गरेका विवाहको तस्बिरमा मात्रै नभई रणवीर सिंहले सार्वजनिक गरेका तस्बिरमा समेत विवाहको बधाई तथा शुभकामना दिएकी थिइन् ।
November 27, 2018 10:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग