Sunday 22nd March 2026

साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

7 years अगाडी

काठमाडौँ, ११ मंसिर । ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ ।जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ ।

फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’ को परिभाषाभित्र राखिएको छ ।

नेपालमा सन् २०१९ को सुरुबाट जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झन्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन ।

          November 27, 2018 12:47 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...