घरेलु मदिरा निरुत्साहित गर्न प्रहरी परिचालन
वालिङ । जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ। घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
“जिल्लाका सबै स्थानमा रहेका प्रहरी निकायलाई कडाइका साथ घरेलु मदिरा नियन्त्रण गर्न परिचालन गरेका छौँ”, उनले भने, “आगामी दिनमा पनि घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणलाई निरुत्साहित गर्न कडाइका साथ कदम चालिने छ।” प्रहरीले शुरुमा घरेलु मदिरा उत्पादन नगर्न आग्रह गर्ने तर पटक–पटक मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको पाइए कानूनी दायरामा ल्याउने जनाएको छ।
यसैबीच प्रहरीले मङ्गलबार स्याङ्जाको पुतलीबजार नगरपालिका र चापाकोट नगरपालिकाका बजारक्षेत्रका भट्टी पसलबाट ५५ लिटर घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ ४५० लिटर र भाँडाकुँडा बरामद गरी स्थानीयवासी, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा नष्ट गरेको थियो।
November 28, 2018 9:38 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता