मृतक र घाइतेको विवरण सहित,दैलेखमा जीप दुर्घटना ४ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
दैलेख । दैलेखको ठाँटिकाँध गाउँपालिकाको सुइयाँमा बुधबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा जीप चालकसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले डीसी नेपाललाई जानकारी दिए ।प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ठाँटिकाँध १ का ४५ वर्षीय राजेन्द्र शाही, ठाँटिकाँध ३ कै २४ वर्षीय निर्मल बम, ठाँटिकाँध २ का जीप चालक ३० वर्षीय रमेश शाहीको मृत्यु भएको छ ।
यस्तै घटनामा अन्य ४ जना पनि गम्भीर घाइते भएको डिएसपी पोखरेलले जानकारी दिए । उनले भने, ‘अरु जना पनि सिकिस्त छन्, उनीहरुलाई उपचारका लागि सुर्खेत लगिएको छ ।’ घाइते हुनेहरुमा ठाँटिकाँध १ का २८ वर्षीय शम्शेर बम, ठाँटिकाँध ४ का ३६ वर्षीय दिलिप शाही, २८ वर्षीया मनिषा शाही, र ३० वर्षीय जुद्ध सुजी घाइते भएका छन् ।
सुर्खेतबाट ठाँटिकाँधका लागि छुटेको भे १ च २२०७ नम्बरको बलेरो जीप सुइयाँमा दुर्घटनाग्रस्त भएको थियो । जीप सडकबाट करिब ४० मिटर तल खसेको डिएसपी पोखरेलले जानकारी दिए ।
November 28, 2018 1:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता