जीर्ण कारागारमा कैदीबन्दी, जेलभित्रै आन्तरिक झगडा
कालीकोट । जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन्। कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ।
उनी भन्छन्, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन। विसं २०३८ मा निर्माण भएको कारागारको भौतिक संरचना नाजुक भएकाले कैदीबन्दीलाई राख्न कठिनाइ भएको हो। कारागारको पुरै पर्खाल भूकम्पले चिराचिरा परेकाले कुनै बेला पनि भत्किने हो कि भन्ने डर मानेर बस्नु परिरहेको छ।”
कारागारमा शुद्ध पिउने पानी, खेलकूद मैदान, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव छ। वर्षायाममा कारागारमा पानी चुहिने भएका कारण जीर्ण भवन भत्किने सम्भावना रहेको कारागार प्रमुख बुढाको भनाइ छ। कारागारमा १५ पुरुष र १० महिलाको क्षमता भए पनि अहिले ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दी छन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा झन् समस्या थपिएको छ।
November 29, 2018 9:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता