होमस्टेमा १४ बर्षिया किशोरीमाथि बलात्कार, यसरी पक्राउ परे बलात्कारी
पोखरा, १३ मंसिर । माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
घटना शनिबारको हो । लुम्रे खोराको मुखबाट ल्वाङघलेल हुँदै एउटा गाडी पोखरा आयो । सोही गाडीमा ति किशोरी र उनकी भाउजु पोखराका लागि चढे । किशोरी सिम्पानी झरिन् र उनकी भाउजु हरिचोक । फर्किने बेला ति किशोरी सिम्पानीबाटै गाडीमा चढिन् ।गाडीको नम्बर थियो ना ५ ख ८८३६ । उनी झर्ने ठाउँ लाहाचोक पुगेपछि गुरुङले झर्न भने तर किशोरी झरिनन् । गाडी ल्वाङ पुग्यो । ल्वाङको ६ नम्बर होम स्टे सोही गाडीका चालक र गाडीका सहयोगीको बासस्थान थियो ।
सुरज आफ्नै बाबुको गाडीमा सहयोगीको रुपमा काम गर्थे । ल्वाङ पुग्दा साँझ परिसकेको थियो । किशोरी फर्किने समय थिएन । सुरजले ति किशोरीलाई त्यही होमस्टेमा बस्न भने । उनी त्यहीँ बसिन् ।किशोरीलाई एउटा कोठामा बासको व्यवस्था गरेर सुजन अर्को कोठामा गए । किशोरी बसेको कोठाको चुक्कल विग्रीएको थियो । रातको ९ बजे सुजन किशोरीको कोठामा गएर सँगै सुत्न आग्रह गरे ।
किशोरीले नमानेपछि सुजनले किशोरीको दुवै हात बाँधेर जर्वजस्ती गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका किशोरले भने सहमतिमै घटना भएको दावी गरेका छन् । यद्यपी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।भोलिपल्ट सोही गाडीमा चढेर किशोरी घरमा झरिन् भने सुरज पोखरा आए । घरमा किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारले सोधेर उनले घटनाबारे भनेकी थिईन् । परिवारले किटानी जाहेरी दिएपछि सुरजलाई मंगलबार राती १० बजे पिएन क्यापसको माथिल्लो गेटबाट पक्राउ गरिएको हो । घटनाका बारेमा पूरा विवरण आउन बाकी रहेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
November 29, 2018 10:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता