‘स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स, विद्यालयलाई कम्प्युटर’
धादिङ, १३ मंसिर । स्वास्थ्य तथा शिक्षामा नागरिक पहुँच नेपालको सहयोगमा सल्यानटार प्रारम्भिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । धादिङ क्षेत्र नं. २ (२) का प्रदेशसभा सांसद जगत सिंखडाले बुधबार उक्त सहयोग हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरणसँगै सेवा बिस्तार गर्ने सिलसिलामा अर्को एउटा महत्त्वपूर्ण उपलब्धि हासिल भएको भन्दै सांसद सिंखडाले सहयोगी हातहरुलाई कृतज्ञता ज्ञापन गरेका छन् । एम्बुलेन्स सेवा सुरुसँगै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ का नागरिकको स्वास्थ्य सेवाको पहुँचमा बिस्तार भएको उनले बताए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सितलचन्द्र धरेल लगायतको उपस्थिति थियो ।यसैबीच, सिंखडाले रानी पौवा उच्च माविलाई कम्प्युटर समेत हस्तान्तरण गरेका छन् । यही साता उनले धादिङको टारीबेसीको बाटो निरक्षण गर्दै त्यहाँ कार्यरत मजदुरसँग अन्तरक्रिया समेत गरेका छन् । स्थानीय जनताको काम गर्न गाउँपालिकाले ढिलासुस्ती गरिरहेको भन्दै जनप्रतिनिधितले निर्वाचनमा गरेको प्रतिवद्धता सम्झिएर काम गर्न सांसद सिंखडाले आह्वान गरे ।
November 29, 2018 12:32 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता